24th December 2025, Wednesday

सन्तोष परियारले छोडे रास्वपा,नयाँ अभियानमा लाग्ने

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । नयाँ अभियान शुरु गर्न भन्दै सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेको बताउनु भएको छ ।

विघटित प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतक रहनु भएका परियारले शुक्रबार पार्टी परित्याग गरेको बताउनु भएको हो ।’मैले रास्वपा छोड्ने निर्णय गरेको छु,’ परियारले भन्नुभयो । उहाँले नयाँ अभियान सुरु गर्नका लागि पार्टी परित्याग गरेको उल्लेख गर्नुभयो ।

परियारले पार्टीको सदस्यबाट दिएको राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाउनु भएको छ ।



No ad available.


No ad available.