News by: helpline
सिन्धुली, नेपाल –
सुनकोशी–मरिण डाइभर्सनजस्तो राष्ट्रिय गौरवको आयोजना ढिलो भएकोप्रति प्रतिनिधिसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता राजन दाहालले सरकारप्रति कडा असन्तुष्टि जनाउनुभएको छ।
दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत एक वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को उपस्थितिमा टनेल ब्रेकथ्रु सम्पन्न भएको स्मरण गराउँदै त्यसयता परियोजनामा ठोस प्रगति नभएकोमा असन्तुष्टी व्यक्त गर्नुभएको हो।
तराई–मधेसका पाँच जिल्लामा सिँचाइ सुविधा विस्तार, ३१.७ मेगावाट विद्युत उत्पादन, खानेपानीको आपूर्ति र वार्षिक १ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्यसहित सुरु गरिएको आयोजनाले गति नलिएको भन्दै उहाँले तिव्र असन्तुष्टी पोख्नुभयो । ।१३ अर्ब रुपैयाँ चर्को ब्याजमा ऋण लिइसक्दा पनि कामको प्रगति न्यून रहेको भन्दै दाहालले चिन्ता व्यक्त गर्नुभयो। उहाँका अनुसार बाँध निर्माणको ठेक्का पाएको पटेल–रमण निर्माण कम्पनीले हालसम्म ५९ प्रतिशत काम सकिनुपर्नेमा मात्र २ प्रतिशत काम सम्पन्न गरेको छ।
झन, कम्पनीले ३२ करोड मात्र भुक्तानी पाउनुपर्नेमा १ अर्ब ९७ करोड २२ लाख रुपैयाँ भुक्तानी लिइसकेको दाबी गर्दै दाहालले सरकारी संयन्त्रको कार्यशैलीप्रति प्रश्न उठाउनु भयो ।
नेता दाहालले पटक–पटक संसद् र मन्त्रालयमा आवाज उठाएर सार्वजनिक खरिद ऐनअनुसार योग्य कम्पनीलाई ठेक्का दिन आग्रह गरिए पनि त्यो पालना नभएको पनि वताउनु भयो। उहाँ आयोजनामा अवरोध गर्ने पक्षको पहिचान गरी कारबाही गर्न माग गर्नुभयो।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने