22nd October 2026, Thursday

सम्पत्ति शुद्धीकरण विभागद्वारा पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर र उनका केही आफन्तको निवासमा छापा

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र उहाँका केही आफन्त लगायको घरमा छापा मारेको छ ।

विभागको टोलीले बुधबार दिउँसो काठमाडौं बाँसबारीस्थित चोलेन्द्रको घरमा छापा मारेको हो । त्यसअघि विभागको टोलीले चोलेन्द्रका भाइ प्रभु शमशेर राणा, ज्वाईँ पर्ने नवीन बस्नेत, पूर्व न्यायाधीश नवराज थपलिया आफन्त दीपक तिमिल्सिना र नारायण दाहालको घरमा पनि छापा मारेको थियो । राणाका अरु केही नातेदारको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोली पुगेको थियो । छापा मारिएका घरहरुबाट महत्वपूर्ण कागजात फेला परेको दाबी पनि विभागको छ ।

 पूर्व प्रधानन्यायाधीश राणा सरकार विरुद्धको साँठगाँठमा लागेको आरोपमा प्रहरीले केही दिन अघि राणालाई पक्राउ गरेर केही घण्टा हिरासतमा राखेको थियो भने राणासंग जोडिएका सशस्त्र प्रहरीका एआइजी वंशीधर दाहाललाइ सरकारले निलम्बन गरेको छ ।



No ad available.


No ad available.