News by: helpline
काठमाडौं । गत बिहिबार भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको छ ।
समानुपातिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नै अग्रता लिएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एक करोड ४ लाख १९ हजार मतगणना भएको छ । आयोगले उपलब्ध गराएको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा बढी अर्थात् ५० लाख मत सहित पहिलो स्थानमा छ ।
यस्तै, नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६, नेकपा (एमाले)ले १४ लाख ११ हजार ४ सय २९ नेपाली कम्युनिष्ट पार्टीले सात लाख ६४ हजार ९ सय ७५ मत प्राप्त गरेको छ । यसैगरि श्रम संस्कृति पार्टीले तीन लाख ५८ हजार ६१६, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २३ हजार ९४२ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।
आज सम्ममा समानुपातिक तर्फको पनि मतगणना सकिने भन्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनको सम्पूर्ण कार्यहरु चैत्रको पहिलो साताभित्र सम्पन्न गर्ने गरी काम भइरहेको जाकारी दिनुभएको छ । ६ वटा राजनीतिक दलहरुले अहिलेसम्म समानुपातिक थ्रेसहोल्ड कटाएका छन् ।
प्रत्यक्ष तर्फको सम्पूर्ण परिणाम आइसकेको छ । जसमा रास्वपा १२५ सिट जितेर पहिलो बनेको छ । त्यसैगरी नेपाली कांग्रेसले १८ सिटमा बिजय हासिल गरेर दोस्रो भएको छ । नेकपा एमाले ९ सिटमा जितेर तेस्रो स्थानमा आएको छ । नेपाली कम्युनिष्ट पार्टी ८ स्थानमा बिजय हासिल गरेर चौथो दल बनेको छ । यस्तै श्रम संस्कृति पार्टीले तीन सिट जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारले एक एक स्थान प्राप्त गरेका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,