News by: helpline
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ ।
बुधबार समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत केही क्षेत्रको मतगणना सकिएसँगै दुवैतर्फको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षतर्फको मतगणना भने यसअघि नै सकिएको थियो । प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १२५, नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, श्रम संस्कृति ३, राप्रपा र स्वतन्त्र एक उम्मेदवार निर्वाचित भएका थिए । समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्यमा आयोग जुटेको छ । बुधबार दिउँसोसम्म आयोगले समानुपातिकतर्फ एक करोड ७ लाख ८५ हजार ८७६ मत गणना गरिसकेको जनाएको छ । गणनामध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ५७ हजार १३० मतसहित अग्रता बनाएको छ ।
दोस्रोमा नेपाली कांग्रेसले १७ लाख ५५ हजार ८७२, नेकपा (एमाले) ले १४ लाख ५२ हजार ७५८ मत पाएको छ । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ९ हजार ५७७, श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७४१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार २६८ मत पाएको छ । समानुपातिकतर्फ दलहरूले पाएको मतको आधारमा उनीहरूका सांसद थपिनेछन् । जसअन्तर्गत रास्वपाका समानुपातिक सांसद ५७, नेपाली कांग्रेसका २०,एमालेका १६, नेपाली कम्युनिस्ट पार्टीका ९, श्रम संस्कृति पार्टीका ४,राप्रपा ४, सांसद थपिने छन् ।
प्रत्यक्ष र समानुपातिक दुवै गरेर कुल सांसद २७५ मध्ये रास्वपाका १८२, कांग्रेसका ३८,एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राप्रपा ५ र स्वतन्त्र १ सांसद संसदमा रहनेछन् । यो निर्वाचनमा जनमत, जसपा, लोसपा,नाउपा, नेमकिपा, जनमोर्चा राष्ट्रिय पार्टीको रुपमा आउन नसक्दा नसक्दा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी उदाउन पुगेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक