24th February 2026, Tuesday

समानुपातिकको नाम टुंगो लगाउने जिम्मा ओलीलाई, पुस २० भित्र प्रत्यक्षका उम्मेदवार सिफारिस गर्न मातहत कमिटीलाई निर्देशन

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारहरुको नाम टुंगो लगाउने जिम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

 आइतबार बसेको एमालेको सचिवालय बैठकले बन्दसूचीमा समावेश गरिने समानुपातिक तर्फका उम्मेदवारहरुको नामावली टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको हो ।

अध्यक्ष ओलीले नाम टुंगो लागाएपछि सोमबार निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार पुस १३ र १४ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी सचिवालय बैठकले यही गते भित्र प्रत्यक्षतर्फ उम्मेद्वारको नाम सिफारिस गर्न मातहत कमिटीलाई निर्देशन दिएको छ ।



No ad available.


No ad available.