24th February 2026, Tuesday

समानुपातिकको बन्दसूचीबाट १७५ जनाले नाम फिर्ता लिए

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकको बन्दसूचीबाट १७५ जनाले नाम फिर्ता लिएका छन् ।

निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूचीमा नाम बुझाएका १७ दलका १७५ जनाले नाम फिर्ता लिएका हुन् । निर्वाचन आयोगका अनुसार बन्दसूचीमा नाम समावेश गरिएका उम्मेदवार आयोगमा उपस्थित भएर नाम फिर्ता लिएका हुन् ।

निर्वाचन कार्यक्रम अनुसार पुस १३ र १४ गते दलले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाएका थिए । 

आयोगका अनुसार नाम फिर्ता लिनेहरू जनमत पार्टी,नेकपा एमाले, जसमा, नेपाली कम्युनिस्ट पार्टी९नेकपा०,प्रगतिशील लोकतान्त्रिक पार्टी९प्रलोपा०,राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा० लगायत छन् ।



No ad available.


No ad available.