24th February 2026, Tuesday

समानुपातिकको बन्दसूचीबाट ८५ जनाले नाम फिर्ता लिए

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकको बन्दसूचीबाट ८५ जनाले नाम फिर्ता लिएका छन् ।

सोमबार साँझसम्म १७ दलबाट ८५ जनाले समानुपातिक बन्दसूचीबाट नाम फिर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार नाम फिर्ता लिनेहरू जनमत पार्टी,नेकपा एमाले, जसमा, नेपाली कम्युनिस्ट पार्टी(नेकपा),प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा),राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) लगायत छन् ।

आयोगका अनुसार सबैभन्दा धेरै जनमत पार्टीबाट २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ ६४ दलले बन्दसूची पेस गरेका थिए । पुस १३ र १४ गते बन्दसूची पेस गर्न आयोगले समय दिएको थियो । आज बन्दसूचीबाट नाम फिर्ता लिने समय तोकिएको थियो ।



No ad available.


No ad available.