24th February 2026, Tuesday

समानुपातिकको बन्द सूचिमा रहेकाले चाहेमा नाम फिर्ता लिन सक्ने

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्काे उम्मेदवार थप्न पाउने भएका छन् ।

 निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनका लागि यही पुस १३ र १४ गते ६४ राजनीतिक दलका तर्फबाट प्राप्त समानुपातिक उम्मेदवारीको मनोनयन गरिएकामा त्यसमाथि रुजु भइरहेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचीमा कानुनबमोजिम समावेशी समूह मिले नमिलेको रुजु गरेर यही पुस २० गतेभित्र सम्बन्धित दललाई सूचित गर्ने र त्यसपछि दलहरुले सच्याएर यही पुस २७ गतेभित्र पुनः पेस गर्नुपर्नेछ ।

 त्यसरी पेस गरिएको संशोधित सूचीमा परेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गतेका लागि समय दिइनेछ । फिर्ता हुन आवेदन दिइएको उम्मेदवारका बारेमा सम्बन्धित दललाई आयोगले सूचित गर्ने र दलले अर्काे उम्मेदवार पठाउन पाउनेछ ।



No ad available.


No ad available.