24th February 2026, Tuesday

समानुपातिकको बन्द सूची पेस गर्ने अन्तिम म्याद आज

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने म्याद आज सकिँदैछ ।

 आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आजसम्म दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची निर्वाचन आयोगमा पेस गर्नुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । आयोगले दलले पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने जनाएको छ ।

आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ । समानुपातिकको सूचि बुक्राउने अन्तिम दिन आज भएपछि राजनीतिक दलहरु आ–आफ्ना बैठकमा छन् । । राजनीतिक दलहरुले बन्द सूची पेश गर्ने समय सार्न आग्रह गरे पनि आयोगले निर्वाचन नै प्रभावित हुने भन्दै तोकिएकै कार्यतालिकालाई आधार मानेर काम शु गरेको हो ।

आयोगमा १ सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । प्रतिनिधिसभाको २ सय ७५ स्थानमध्ये १ सय १० स्थान समानुपातिक प्रणालीबाट चयन गर्ने प्रावधान संविधानमा छ ।



No ad available.


No ad available.