24th February 2026, Tuesday

समानुपातिक समाबेशी बन्द सूचि पेश गर्ने क्रम जारी

Post Image
1 महिना अगाडी

News by: helpline

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुले समानुपातिक समावेशी तर्फको बन्द सूचि पेश गरेका छन् । आयोगको कार्यतालिका अनुसार पुष १३ र १४ गते बन्दसूचि पेश गर्ने कार्यतालिका रहेकोले केही राजनीतिदलहरुले आइतबार समानुपातिक तर्फको बन्द सूचि पेश गरे । १४ गते कार्यालय समयसम्म समावेशी समानुपातिक तर्फको बन्द सूचि बुझाउने समय सिमा रहेकाले अधिकांश दलले भने सोमबार मात्रै बन्द सूचि बुझाएका हुन् । आइतवार ४ दलले मात्रै बन्द सूचि पेश गरेकामा सोमबार नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले अपराहन्न ५ वजे निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्द सूचि पेश गरेका छन् । त्यसैगरी जसपा, जनतासमाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीले संयुक्त रुपमा समानुपातिक तर्फको बन्द सूचि पेश गरेका छन् । पाँच बजेसम्म निर्वाचन आयोग परिसरका पुगेका सबै राजनीतिक दलको बन्द सूचि पेश गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । आयोगले दुइवटा डेक्स मार्फत १०/१० जना कर्मचारी मार्फत बन्दसूचि दर्ता गर्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगमा १ सय १४ दल दर्ता भएपनि समानुपाति निर्वाचन प्रयोजनका लागि ९३ दल मात्रै दर्ता भएका छन् । जस मध्ये १सय २ दलले छुट्टै निर्वाचन चिन्हबाट प्रतिश्पर्धा गर्दै छन् भने १२ राजनीतिक दलले संयुक्त रुपमा ५ वटा निर्वाचन चिन्हबाट प्रतिश्पर्धा गर्ने आयोगले जनाएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक निर्वाचनमा सहभागि हुन दल दर्ता भएका ९३ पार्टीले मात्रै समानुपातिक तर्फको बन्द सूचि बुझाउन पाउने छन् । दिन भर सुनसान जस्तै रहेको निर्वाचन आयोगमा अपराहन्ह ४ वजे पछि भने बन्द सूचि बुझाउनेहरुको भिडभाड बढेको थियो । कार्यालय समय भित्र आयोग परिसमा पुगेकासबैले बन्द सूचि पेश गर्ने व्यवस्था गरेकोले निरन्तर दर्ता प्रकृया अघि बढ्ने आयोगले जनाएको छ । तोकिएको समय भित्र बन्द सूचि पेश गरेका दलका उम्मेदवारहरुको १५ गते देखी २० गतेसम्म आयोगले निर्वाचन ऐनले तोके अनुसार भए नभएको जाँच बुझ गर्ने र  २१ गते देखी २७ गतेसम्म नमिले क्लस्टर मिलाउन दलहरुलाई समय दिइने आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराइले जानकारी दिनुभयो । समानुपातिक समावेशी तर्फको बन्द सूचि बुझाउदा कम्तिमा १० प्रतिशत बझाउनु पर्ने व्यवस्था रहेको छ । प्रतिनिधि सभामा समावेशी समानुपातिक तर्फ १ सय १० सदस्य व्यवस्था भएकाले बन्द सूचि बुझाउने दलले कम्तिमा पनि ११ जना सदस्यको नाम पेश गर्नु पर्ने छ भने ११जनामा पनि सबै क्लस्टर मिलाउनु पर्ने र नमिले मान्यता नपाउने पनि प्रबक्ता भट्टराइले बताउनुभयो। २७ गतेसम्म राजनीतिक दलहरुले पेश गरेको बन्द सूचिमा नमिलेका सूचि संशोधन गरेपछि माघ ४ गते प्रारम्भिक सूचि प्रकाशन गर्ने र माघ २० गते समानुपातिक तर्फको अन्तिम सूचि प्रकाशन गर्ने कार्यतालिका आयोगको छ ।



No ad available.


No ad available.