News by: helpline
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता अनुसार विभिन्न मुद्दाहरुमा लोकतान्त्रिक शक्तिहरुका साथ सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।
शनिवार महाधिवेशन पछिको दोस्रो केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले नेकपा एमाले निर्वाचनमा स्वस्थ प्रतिष्पर्धामा विश्वास राख्ने पार्टी भएको बताउनु भयो ।
अध्यक्ष ओलीले मुलुकका सामु उत्पन्न चुनौती अन्त्य नभइसकेको भन्दै लोकतन्त्र अझै संकटमा रहेको बताउनु भयो । ओलीले संविधान मिचिएको, जननिर्वाचित सरकारको ठाउँमा संविधान बाहिरको अनिर्वाचित सरकार रहेको बताउनु भयो । समाज अराजकता, निषेध र हिँसाको धम्कीबाट अझै पनि त्रस्त रहेको भन्दै राष्ट्रिय एकता कमजोर हुँदै जाँदा वाह्य चलखेलको जोखिम बढेको बताउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, मुलुकका सामु उत्पन्न चुनौती अन्त्य भइसकेका छैनन् । लोकतन्त्र सङ्कटमा छ । संविधान मिचिएको अवस्थामा छ । जननिर्वाचित सरकारको ठाउँमा संविधान बाहिरको अनिर्वाचित सरकार छ । समाज अराजकता, निषेध र हिँसाको धम्कीबाट अझै पनि त्रस्त छ ।
अध्यक्ष ओलीले समाजमा भ्रम र द्विविधाको अवस्था रहेको भन्दै यसलाई सम्बोधन गर्न संविधानका पक्षधर र लोकतान्त्रिक शक्तिहरु बिच निरन्तर संवाद, न्यूनतम समझदारी र कतिपय सन्दर्भमा सहकार्य जरुरी रहेको बताउनुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,