News by: helpline
काठमाडौं । सोलुखुम्बुको लुबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ ।
आज बिहान उक्त हेलिकोप्टर दुर्घटना भएको हो । हेलिकप्टर दुर्घटनामा परेपछि लुक्ला विमानस्थलले रामेछाप र काठमाडौंका लागि हुने नियमित उडानहरू रोकेको छ । काठमाडौंबाट उद्धारका लागि गएको हेलिकोप्टर दुर्घटना भएको हो ।
अल्टिच्युडको हेलिकोप्टर दुर्घटनापछि दुई वटा उद्धार उडान भएका थिए । हेलिकोप्टरमा यात्रु भने थिएनन् । पाइलटको उद्धार गरिएको छ । हेलिकोप्टर दुर्घटनामा परेका क्याप्टेन विवेक खड्कालाई लुक्लामै रहेको कैलाश एयरको हेलिकोप्टरले उद्धार गरेर लुक्ला विमानस्थलमा ल्याइसकेको जनाइएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,