News by: helpline
शशी कार्की
एडिनबर्ग । नेपाल – स्कट्ल्याण्ड एसोसीएसनको आयोजनामा स्कट्ल्याण्डको हिमालयन सेन्टरमा ३०४औँ पृथ्वी जयन्ती भव्यताका साथ सम्पन्न भएको छ।
पृथ्वी जयन्तीको अवसरमा स्कटल्यान्डभर रहेका नेपाली समुदायहरु एकत्रित भई कार्यक्रमलाई उत्साहपूर्ण वातावरणमा मनाएका थिए।
कार्यक्रमको सभापतित्व नेपाल–स्कटल्यान्ड एसोसिएसन (एनएसए) का पूर्व अध्यक्ष राजेन्द्र बमले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नेपाल एनएसए स्कटलयान्डकी सचिव रीता कार्कीले गर्नुभएको थियो।
कार्यक्रममा विशेष अतिथिका रूपमा एनएसएकी अध्यक्ष कमला श्रेष्ठ, हिमालयन सेन्टरका अध्यक्ष मनीष खत्री लगायतको उपस्थिति रहेको थियो ।
स्वागत मन्तव्य गैर आवासीय नेपाली संघ बेलायतका सल्लाहकार तथा एनएसएका कोषाध्यक्ष मोती खरेलले दिनुभएको थियो।
कार्यक्रमका विभिन्न वक्ताहरूले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जीवनी, उहाँका दिव्य उपदेश तथा नेपालको एकीकरणमा उहाँले पुर्याउनु भएको योगदान र महत्वबारे प्रकाश पारेका थिए। कार्यक्रमको अन्त्यमा कार्यक्रमको अध्यक्षता गर्नुभएका राजेन्द्र बमले उपस्थित सम्पूर्ण नेपालीलाई धन्यवाद ज्ञापन गर्दै आगामी वर्ष पृथ्वी जयन्ती अझ वृहत र भव्य रूपमा आयोजना गरिने जानकारी गराउनुभयो।
विदेशमा रहेर पनि नेपाली इतिहास, संस्कृति र राष्ट्रिय पहिचानलाई जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले सहभागीहरूमा देशप्रेम र एकताको भावना थप सुदृढ बनाएको थियो।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने