News by: helpline
काठमाडौं । गैर आवासीय नेपाली संघ बेलायत(एनआरएनए युके) को स्कट्ल्याण्डको तर्फबाट उपाध्यक्ष पदमा शशी कार्कीले उम्मेदवारी दिएका छन् ।
लामो समयदेखि बेलायतमा बसोवास गर्दे आइरहेका कार्की बिदेशमा रहेर पनि बिभिन्न सामाजिक कार्यमा संलग्न रहेका छन् । एकतावद्ध र एउटै एनआरएनए, नेपाली नागरिकताको निरन्तरता, नेपालमा रहेको सम्पत्तिको सुरक्षा, भूतपूर्व ब्रिटिश गोर्खाजको लडाईंमा ऐेक्यवद्धता, एनआरएनएमा नयाँ पुस्ताको सहभागिताका साथै नेपाली कला, साहित्य र संस्कृतिको संवद्र्धन एवं प्रवर्धन बिषय उनले आफ्ना चुनावी मुद्दा रहेको बताएका छन् । यसैगरी उनले बेलायतमा रहेका र त्यहाँ पुग्ने नेपाली विद्यार्थी र कामदारहरुको अधिकारका बिषय पनि आफ्नो चुनावी एजेण्डा बनाएका छन् ।
बिदेशमा रहेका नेपालीहरुले भोग्नु परिरहेका बिभिन्न समस्याहरु सबैका साझा समस्या भएका र त्यसलाई समाधान गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको कार्कीले बताएका छन् । एनआरएनएलाई एक मर्यादित र सामाजिक संस्थाको रुपमा विकास गर्न आफू प्रतिवद्ध रहेको पनि कार्कीको भनाई छ । यसैगरी एनआरएनए युकेभित्र कानुन र नैतिक सिद्धान्त अनुकुल विधिविधान भित्र रहेर काम होस् भन्नका लागि पनि आफूले उम्मेदवारी दिएको कार्कीले बताए । कार्की अहिले एनआरएन युेकेको केन्द्रीय सदस्य छन् ।
उनले बिगतमा पनि बेलायतमा रहेका नेपालीहरुको हौसला र प्रेरणाबाट उत्साहित भएर एनआरएन युेकेको केन्द्रीय सदस्यमा निर्वाचित भएको र सो पदमा रहँदा नेपाल र नेपालीको पक्षमा बिभिन्न कामहरु गरेको र बाँकी अधुरा कामहरु पूरा गर्न पनि बिगतको हौसला र प्रेरणालाई आत्मसाथ गरेर उपाध्यक्षमा उम्मेदवारी दिएको बताए । आगामी हप्ता एनआरएन युेकेको निर्वाचन हुँदैछ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने