News by: helpline
काठमाडौं । संघीय संसद अन्तर्गतका विभिन्न समितिहरुको नेतृत्व चयन गरिएको छ ।
मिनी संसदको रुपमा लिइने संसदीय समितिको लागि आज भएको निर्वाचनमा अधिकांश संसदीय समितिमा निर्विरोध सभापति चयन भएपनि २ वटा समितिमा भने निर्वाचन भयो । १० वटा समितिका सभापनि निर्विरोध निर्वाचित भए भने २ वटामा मत विभाजनको आधारमा निर्वाचन भएको थियो । यो निर्वाचनसँगै संघीय संसदका सबै समितिहरुले नयाँ नेतृत्व पाएका छन ।
जस अनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन सभापतिमा रास्वपाका तर्फबाट गणेश कार्की र नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट मदन कुमारी शाह (गरिमा) को उम्मेदवारी परेको थियो । जहाँ रास्वपाको स्पष्ट बहुमत भएकाले कार्की निर्वाचित हुनुभयो ।
यसैगरी, प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा रास्वपाकी ओजस्वी शेरचन र नेकपा एमालेका गुरुप्रसाद बरालको उम्मेदवारी परेकोमा रास्वपाकी शेरचन निर्वाचित हुनुभयो । योसँगै ११ वटा समितिका सभापतिमा रास्वपा र सार्वजनिक लेखा समितिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेतृत्व गर्ने भएको छ ।
सार्वजनिक लेखा समितिमा काँग्रेसका भरत खड्का निर्विरोध सभापति चयन हुनुभएको छ । नवनिर्वाचित सभापतिहरुले आजै सभामुख डिपी अर्यालबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,