News by: helpline
काठमाडौं । भारतमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल बंगला देशसँग २–१ गोल अन्तरले पराजित भएको छ ।
भारतको गोवा स्थित जवाहरलाल नेहरु रगशालामा बंगलादेशसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले खेलको २३ औ मिनेटमा गिता रानाको गोलबाट अग्रता बनाएको थियो ।
तर ४६ औं मिनेटमा ऋतु पोर्ना चक्माले बराबरी गोल फर्काइन् । प्रतिस्पर्धात्मक खेल खेलेको नेपाल विरुद्ध इन्जुरी समयमा सगोरिकाले गोल गर्दै बंगलादेशलाई तेस्रोपटक फाइनलमा पुर्याइन् । विगत १६ वर्षदेखि उपविजेतामा सिमित बनेको नेपाली टोली यसपटक पनि इतिहास रच्नबाट चुकेको छ ।
समूह चरणमा नेपालले पहिलो खेलमा भुटानलाई १–० गोलले हराउदा अन्तिम खेलमा श्रीलङ्कालाई २–० गोल अन्तरले हराउदै सेमिफाइनल यात्रा तय गरेको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,