News by: helpline
नेकपा एमालेको नेतृत्वका लागि भएको मतदानको गणना शुरु भएको छ ।
मतगणना शुरु भएको तीन घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने सकेिने राम लक्ष्मण इनोभेशन प्रालिले जनाएको छ ।
एमाले निर्वाचन आयोगले साढे ३ घण्टामा सबै परिणाम सार्वजनिक हुने र आजै प्रमाणपत्र वितरण तथा सपथ ग्रहण समेत सम्पन्न गर्ने तयारी गरिएको जनाएको छ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनको लागि भएको मतदानमा एमालेका २हजार २सय ६३ प्रतिनिधि मध्ये २हजार २ सय २७ प्रतिनिधिले मतदान गरेका छन् । एमालेको भावी नेतृत्वका लागि केपी ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिश्पर्धामा रहनुभएको छ । एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ जना उम्मेद्वार प्रतिश्पर्धमा उत्रिएका छन् ।
मतगणनाको नतिजा समय समयमा अध्यावधिक जानकारी दिनइने भएकाले भृकुटीमण्डपमा उम्मेद्वार तथा प्रतिनिधि कार्यकर्ता परिणामको पर्खाइमा रहेका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,