News by: helpline
काठमाडौँ । प्रतिनिधि सभाको सभामुख निर्वाचन यही चैत २२ गते हुने भएको छ।
सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचनको प्रक्रिया तय गरेको हो । बैठकको निर्णय अनुसार चैत २० गते उम्मेद्वारी मनोनयन दर्ता गरिनेछ ।चैत २२ गते निर्वाचन सम्पन्न गरी सोही दिन नवनिर्वाचित सभामुखलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको बताइएको छ ।
सभामुख चयनसँगै प्रतिनिधिसभाको नियमित संसदीय कामकारबाहीलाई अघि बढाउने तयारी गरिएको छ । सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालको नाम चर्चामा आएको छ। उपसभामुख भने अन्य पार्टीबाट हुनुपर्ने व्यवस्था छ । हाल सभामुखको भूमिकामा अर्जुननरसिंह केसी हुनुहन्छ ।
उहाँ प्रतिनिधि सभाको ज्येष्ठ सदस्यको हैसियतमा सभामुखको भूमिकामा हुनुहुन्छ । नयाँ सभामुख चयनसँगै केसी सांसदको हैसियतमा रहनुुहनेछ । गत फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपा झण्डै दुइतिहाइ सांसद सहित संसदमा उपस्थित छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,