23rd August 2026, Sunday

सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ

Post Image
4 महिना अगाडी

News by: helpline

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद, प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्राद दाहाल, कामु प्रधानन्यायाधिश सपना प्रधान मल्ल, मन्त्रीगण, भूपू प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, संवैधानिक निकायका प्रमुखसहित उच्च पदस्थ सरकारी अधिकारी र लब्धप्रतिष्ठित महानुभावहरूको सहभागिता थियो ।



No ad available.


No ad available.