24th February 2026, Tuesday

रविको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने भएको छ ।

सोमबार लामिछानेको मुद्दा फिर्ता सम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै जिल्ला अदालत कास्कीका न्यायाधीश नितिश राईको इजलासले तत्काल मुद्दा फिर्ता नहुने आदेश दिएको हो। महान्यायाधिवक्ताको कार्यालयले उक्त मुद्दा फिर्ता लिने निर्णय गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा निवेदन दिएको थियो।

तर जिल्ला न्यायाधीश राईको इजलासले सर्वोच्च अदालतमा सो निर्णयविरुद्ध रिट परेकाले तत्काल मुद्दा फिर्ता नहुने आदेश गरेको हो। सर्वोच्च अदालतबाट हुने आदेश प्राप्त भएपछि मात्र थप निर्णय हुने अदालतले जनाएको छ। यसअघि रूपन्देही जिल्ला अदालतले पनि यस्तै निर्णय गरिसकेको छ।

महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय गर्नुभएको थियो । सो निर्णयविरुद्ध युवराज पौडेल (सफल) ले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।



No ad available.


No ad available.