23rd August 2026, Sunday

रवि र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता, नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउने मोदीको सन्देश

Post Image
2 महिना अगाडी

News by: helpline

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज बुधबार भेटवार्ता भएको छ। 

भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको सन्देश दिनुभएको छ। प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग भेट गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै साझा समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उहाँको इच्छालाई स्वागत तथा समर्थन गरेको बताउनुभएको छ।

 मोदीले नेपाललाई भारतको ‘नेबरहुड फस्र्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत प्राथमिक साझेदार राष्ट्रका रूपमा व्याख्या गर्दै नेपालसँगको सम्बन्धलाई थप उचाइमा पु¥याउन भारत इच्छुक रहेको उल्लेख गर्नुभएको छ।



No ad available.


No ad available.