News by: helpline
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहनु भएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने बताउनु भएको छ ।
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र घिसिङबिच एकताका लागि सहमतिको गर्ने तयारी भइरहेका बेला मन्त्री घिसिङले यस्तो बताउनु भएको हो । उहाँले नयाँ राजनीतिक दलहरू एकता भई गठित हुने पार्टीको सभापति रवि लामिछाने बन्ने र आगामी चुनावपछिको प्रधानमन्त्री हाल काठमाडौं महानगरपालिकाका मेयर रहेका बालेन्द्र शाह (बालेन) हुने प्रस्ताव पनि अस्वीकार गर्नुभएको छ ।
उज्यालो नेपालको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा बसेको केन्द्रीय समितिको बैठकमा रास्वपा र मेयर बालेनको तर्फबाट आएको प्रस्तावबारे छलफल भएको थियो । एकताका लागि भनेर आएको प्रस्तावमा संरक्षक कुलमान घिसिङ र पार्टीको हिस्सेदारी के कति हुने भन्ने ठोस प्रस्ताव नआएको र आफ्नो कुरा मात्रै राखिएको भन्दै सभापति रवि लामिछाने हुने र आगामी प्रधानमन्त्री बालेन हुने प्रस्ताव अस्वीकार गरिएको हो ।
मन्त्री घिसिङले नयाँ शक्तिहरूले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने आवश्यकता समेत औँल्याउनु भएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,