14th April 2026, Tuesday

रवि लामिछाने बिरुद्धको रिटमा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा, मंगलबार सुनुवाइ हुने

Post Image
3 हप्ता अगाडी

News by: helpline

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ता विरुद्धको रिट सुनुवाइ पूरा नभएपछि ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि राखिएको छ ।

सर्वोच्च अदालतमा सोमबार सुनुुवाइ नसकिएपछि हेर्दाहेर्दैमो भएको हो । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज सुसलमानको संयुक्त इजलासमा सुनुवाइ नकिएपछि हेर्दाहेर्दैमा मंगलबारका लागि राखिएको सर्वाेच्च अदालतका प्रवक्ता अजुनप्रसाद कोइरालाले जानकारी दिनुभयो । न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यही चैत ५ गते लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको थियो । साथै, आजका लागि पेसी तय भएको थियो ।

यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न यही चैत १ गतेका लागि पेस गर्न आदेश दिएको थियो । महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्नुभएको थियो ।

महान्यायाधिवक्ता भण्डारीले गत पुस ३० गते सदर गरेको ७ पृष्ठ लामो ’टिप्पणी र आदेश’ मा लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउने र अन्य दुई गम्भीर प्रकृतिका मुद्दा हटाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिनुभएको थियो ।

उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो ।



No ad available.


No ad available.