News by: helpline
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बिहिबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
महाराजगञ्ज स्थित त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पतालका प्रवक्ता तथा डेपुटी निर्देशक डा. गोपालप्रसाद सेढाईंले लामिछाने अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिनु भयो ।
स्वास्थ्य अवस्था सुधार हुँदै गएपछि लामिछानेलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो । लामिछानेलाई ‘सेलुलाइटिस’ भएको थियो ।
गत माघ ५ गते जनकपुरमा आयोजित आमसभाका क्रममा खुट्टामा लागेको चोटमा संक्रमण देखिएपछि लामिछाने महाराजगञ्ज स्थित त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,