News by: helpline
काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले हालैको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट प्राप्त दुई तिहाइ नजिकको जनमतलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्र, संविधान र सङ्घीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विपुल पोखरेलद्वारा लिखित ‘सङ्कल्पन’ पुस्तकको बिमोचन गर्नुहुदै पुर्बराष्ट्रपति यादवले जेनजी युवाहरूको आन्दोलन, पछिको परिवर्तन र निर्वाचनको परिणामलाई सबैले स्वीकार गर्नुपर्ने बताउनुभयो। पुर्ब राष्ट्रपति यादवले रास्वपाले प्राप्त जनमतलाई देश बनाउन सदुपयोग गर्नुपर्ने पनि बताउनुभयो । पूर्वराष्ट्रपति डा यादवले विसं २०१५ मा नेपाली काँग्रेसले दुई तिहाइ मत ल्याएर विपी कोइराला प्रधानमन्त्री हुनुभएको स्मरण गर्नुहुदै त्यसले पूरा समय काम गर्न नपाएको बताउनुभयो ।
उहाँले हालको जनमत त्यसरी खेर नजाओस् भन्नुहुदै, देश, संविधान, लोकतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र, समावेशीता सबै जोगाउनु पर्नेमा जोड़ दिनुभयो । संविधानको अक्षरसः पालना हुनुपर्ने भन्नुहुदै पुर्बराष्ट्रपति यादवले आगामी निर्वाचनमा प्रतिपक्ष नरहने गरी आफू मात्रै जित्नुपर्छ भन्ने सोच कसैले पनि राख्न नहुने पनि बताउनुभयो । उहाँले प्रतिपक्ष बिना लोकतान्त्रिक प्रणाली बलियो हुनै नसक्ने स्पस्ट पार्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा बहुमत प्राप्त पार्टीले देशको निर्माणको नेतृत्व लिनुपर्ने र त्यसमा अरु सबै पार्टी र नागरिकले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिनुभयो ।
मुलुकमा विसं २०७४ यता ‘कारोबारी राजनीति’ र गठबन्धनको संस्कार चलिरहेकामा पछिल्लो जनमतले त्यसमा ‘ब्रेक’ लगाएको उल्लेख गर्दै उहाँले अब विगतका गल्ती नदोहोरिने ग़री मुलुक अगाडि बढ्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
कांग्रेस नेता डा रिजालले लोकतान्त्रिक व्यवस्थामा सूचना प्रविधिलाई गलत मनसाय राखेर नियमन गर्ने वा प्रतिपक्षविनाको राजनीतिक प्रणालीको कल्पना गरिनु उचित नहुने बताउनुभयो । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले लोकतन्त्रमा जिम्मेवारीमा रहेका सबै थप जिम्मेवार हुनुपर्नेमा जोड दिँदै जनताले अनुभूत हुने गरी लोकतन्त्रलाई आत्मसात गर्नुपर्ने बताउनुभयो । उहाँले पाखरेलद्वारा लिखित पुस्तकले अखबारी लेखनले पनि विचार निर्माण गर्न सक्छ र कृति बन्नसक्छ भन्ने दृष्टान्त प्रस्तुत गर्न सफल भएको पनि बताउनुभयो ।
वरिष्ठ पत्रकार बबिता बस्नेतले ‘सङ्कल्पन पुस्तक लेखहरूको सङ्ग्रह मात्रै नभएर तत्कालीन समयको दस्तावेज भएको टिप्पणी गर्दै युवाहरूको भावना र लोकतन्त्रको सबलीकरणबारे लेखकले दूरदृष्टि प्रस्तुत गरेको बताउनुभयो ।
लेखक पोखरेलले समकालीन राजनीति, समाज, लोकतन्त्र, विचार र पत्रकारिताका विषयमा आफूले देखेका समय र सन्दर्भलाई सङ्कलन गरेर पुस्तकका रूपमा ल्याएको बताउनुभयो । पुस्तकको प्रकाशन गोरक्ष राष्ट्रिय दैनिकले गरेको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक