23rd August 2026, Sunday

राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम राष्ट्रपति डा रामवरण यादव बीच छलफल

Post Image
3 हप्ता अगाडी

News by: helpline

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायत तराई मधेशका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितीका बारेमा प्रथम राष्ट्रपति डा रामबरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झासंग छलफल गर्नुभएको छ । राष्ट्रपति भवन शीतलमा शुक्रबार भएको छलफलमा उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम सबैले पहल गर्नुपर्ने धारणा राख्नुभएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी थियो । प्रथम राष्ट्रपति डा यादवले सरकारले यो विषम अवस्थामा सबै राजनीति दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकको साथ लिएर समस्या समाधान गर्ने क्षामता राख्नुपर्ने बताउनुभएको थियो ।



No ad available.


No ad available.