News by: helpline
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित देशमा प्रमुख ३ राजनीतिक दल शीर्ष नेताहरुसँग आगामी निर्वाचनको बारेमा छलफल गर्नुभएको छ ।
आज मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा भएको छलफलमा उहाँहरुबीच आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनको वातावरण बनाउने विषयमा कुराकानी भएको थियो । राष्ट्रपति पौडेलसँगको छलफलमा प्रधानमन्त्री कार्की, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहभागिता रहेको थियो ।
फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नेबारे सरकार र दलहरुबीच सकारात्मक छलफल भएको र पछि पुनः छलफल हुने गरी बैठक बस्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार अनुसार मंगलबार भएको छलफलमा निर्वाचनका लागि आवश्यक वातावरण बनाउने समझदारी बनेको छ।
बैठकमा कांग्रेसका सभापति देउवा र एमाले अध्यक्ष ओलीले सरकारले निर्वाचनको वातावरण तयार गर्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँहरुले सरकारले नै निर्वाचनको वातावरण बनाउन पहल गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
उता बैठकमा सहभागी नेकपाका संयोजक दाहालले भने अहिलेकै अवस्थामा निर्वाचन नै निकासको उपयुक्त विकल्प भएको जिकिर गर्नुभएको थियो ।
त्यसैगरी प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनको वातावरण तयार गर्न प्रयासरत रहेको बताउनु भएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,