News by: helpline
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित देशमा प्रमुख ३ राजनीतिक दल शीर्ष नेताहरुसँग आगामी निर्वाचनको बारेमा छलफल गर्नुभएको छ ।
आज मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा भएको छलफलमा उहाँहरुबीच आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनको वातावरण बनाउने विषयमा कुराकानी भएको थियो । राष्ट्रपति पौडेलसँगको छलफलमा प्रधानमन्त्री कार्की, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहभागिता रहेको थियो ।
फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नेबारे सरकार र दलहरुबीच सकारात्मक छलफल भएको र पछि पुनः छलफल हुने गरी बैठक बस्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार अनुसार मंगलबार भएको छलफलमा निर्वाचनका लागि आवश्यक वातावरण बनाउने समझदारी बनेको छ।
बैठकमा कांग्रेसका सभापति देउवा र एमाले अध्यक्ष ओलीले सरकारले निर्वाचनको वातावरण तयार गर्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँहरुले सरकारले नै निर्वाचनको वातावरण बनाउन पहल गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
उता बैठकमा सहभागी नेकपाका संयोजक दाहालले भने अहिलेकै अवस्थामा निर्वाचन नै निकासको उपयुक्त विकल्प भएको जिकिर गर्नुभएको थियो ।
त्यसैगरी प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनको वातावरण तयार गर्न प्रयासरत रहेको बताउनु भएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने