24th December 2025, Wednesday

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति प्रदान

Post Image
3 हप्ता अगाडी

News by: helpline

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गर्नुभएको छ । 

मन्त्रिपरिषद्को मंसिर ८ गतेको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृतिका लागि निर्णय गरेर राष्ट्रपतिकहाँ पठाएको थियो । उक्त निर्णयलाई राष्ट्रपतिले बिहीबार स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिबाट सरकारको सिफारिसलाई स्वीकृत भएलगत्तै आवश्यकता अनुसार सेना परिचालन हुन बाधा नहुने सुरक्षा मामलाका जानकार एबं बिज्ञहरुको भनाई छ ।

 



No ad available.


No ad available.