News by: helpline
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गर्नुभएको छ ।
मन्त्रिपरिषद्को मंसिर ८ गतेको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृतिका लागि निर्णय गरेर राष्ट्रपतिकहाँ पठाएको थियो । उक्त निर्णयलाई राष्ट्रपतिले बिहीबार स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपतिबाट सरकारको सिफारिसलाई स्वीकृत भएलगत्तै आवश्यकता अनुसार सेना परिचालन हुन बाधा नहुने सुरक्षा मामलाका जानकार एबं बिज्ञहरुको भनाई छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,