News by: helpline
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा नवकन्याको पूजाअर्चना गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेलका साथै प्रथम महिला सविता पौडेलले बिधिपूर्वक मंगलबार नौ जना कन्याको पूजाअर्चना गर्नुभएको हो।
बडादसैँका अवसरमा नवदुर्गाका स्वरूपका रूपमा नौ जना कन्याको पूजा गर्ने परम्परा छ। सोही परम्पराअनुसार राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाउनुका साथै उपहारसमेत प्रदान गर्नुभएको थियो।
दुर्गा भगवतीका शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नौ स्वरूपको पूजा गर्ने धार्मिक परम्परा रहेको छ। बडादसैँका अवसरमा नवदुर्गाको अवतार स्वरूप राष्ट्रप्रमुखले नवकन्याहरूको पूजाअर्चना गर्ने परम्परा रहेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक