News by: helpline
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री एवै नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन भएकामा दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।
राष्ट्रपति पौडेल आज शुक्रबार प्रथम महिला सविता पौडेलसहित स्वर्गीय श्रेष्ठको सानेपास्थित निवासमा पुगेर शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो ।
समवेदना व्यक्त गर्ने क्रममा राष्ट्रपति पौडेलले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्थापना तथा सुदृढीकरणका लागि भएका सङ्घर्षमा पुर्याउनुभएको नेतृत्वदायी भूमिका तथा राष्ट्रप्रतिको समर्पणको सराहना गर्नुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,