News by: helpline
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी शुक्रबार संघीय संसदका दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)लाई सम्बोधन गर्नुहुने भएको छ ।
राष्ट्रपति कार्यालय अनुसार, शुक्रबार दिउँसो ३ बजे सम्बोधन गर्ने गरी संसद् सचिवालयलाई पत्र पठाइएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपति पौडेलले दुबै सदनको बैडक बैठक आह्वान गरेर संवोधन गर्न लाग्नु भएको हो ।
राष्ट्रपतिको कार्यालयका सचिव माहादेव पन्थद्वारा जारी पत्र अनुसार चैत २७ गते शुक्रबार अपराह्न ३ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक बस्ने छ ।
सो बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिले गत फागुन २१ मा सम्पन्न निर्वाचनपछि संसद्को अधिवेशनलाई सम्बोधन गर्न लाग्नु भएको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,