News by: helpline
काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ ।
न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीको कैद सजाय मिनाहा गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयलाई सदर गरेको हो । चौधरीको कैद सजाय मिनाहा गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालत पुगेकी शारदा कडायतको रिट निवेदन पनि इजलाशले खारेज गरिदिएको छ ।
२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थारुवान आन्दोलनका क्रममा एक नाबालकसहित ८ जना सुरक्षाकर्मीको मृत्यु भएको घटनामा कैलाली जिल्ला अदालत हुँदै सर्वोच्च अदालतसम्मले चौधरीलाई जन्मकैदको सजाय सुनाएका थिए ।
तर राष्ट्रपति पौडेलले रेशम चौधरीलाई तोकेको जन्मकैदको फैसला सदर हुने भनी सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ तयार नहुँदै संविधानको धारा २७६ अनुसार २०८० सालको गणतन्त्र दिवसको अवसरमा चौधरीलाई माफी दिने निर्णय गर्नुभएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक