24th December 2025, Wednesday

रास्वपाका सभापति रवि लामिछानेलाइ धरौटीमा रिहा गर्न अदालतको आदेश

Post Image
6 दिन अगाडी

News by: helpline

काठमाडौं । सहकारी ठगीको आरोपमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाइ तुलसीपुर उच्च अदालत, बुटवल इजलासर्ले धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।

आज बिहीबार अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले उक्त आदेश गरेको हो ।

उच्चले बिगो बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो । धरौटी बराबरको रकम बुझाएपछि लामिछाने थुनामुक्त हुने छन् ।

 यो आदेशपछि नख्खु कारागारमा रहेका लामिछाने रिहा हुने छन् ।



No ad available.


No ad available.