24th February 2026, Tuesday

रास्वपाको प्रि इलेक्सनमा पहिलो नम्बरमा रमेश प्रसाईं, दोस्रोमा प्रमोद न्यौपाने

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रिइलेक्सनको नतिजा सार्वजनिक भएको छ ।

सार्वजनिक नतिजा अनुसार पहिलो नम्बरमा रमेश प्रसाईं १८ हजार २२३ मत प्राप्त गर्र्दैँ निर्वाचित हुनुभएको छ । यस्तै दोस्रोमा प्रमोद न्यौपाने १४ हजार १६७ मत प्राप्त गर्दै निर्वाचित हुनु भएको छ भने तेस्रोमा नम्बरमा रञ्जु दर्शना १३ हजार ५५१ मत प्राप्त गर्दै निर्वाचित हुनुभ्उको छ ।

 यस्तै चौथोमा टिका संग्रौला (ज्वाला) १३ हजार १०६, पाँचौँमा लिमा अधिकारी १२ हजार ७६०, छैटौँमा समीक्षा बास्कोटा १२ हजार ४६०, सातौँमा विपिनकुमार आचार्य १२ हजार २४५, आठौँमा क्रान्ति शिखा धिताल ११ हजार ७८१ र नवौँमा प्रतिभा रावल ११ हजार ७२१ मत प्राप्त गर्दै निर्वाचित भएको छ ।

 यस्तै दलिततर्फ १३ हजार १४३ मत प्राप्त गर्दै पहिलो नम्बरमा विजय जैरु, १० हजार ७३ मत प्राप्त गर्दै अमृता विक दोस्रोमा, १२ हजार ८५६ मत प्राप्त गर्दै सविना विश्वकर्मा तेस्रोमा, १२ हजार ७१० मत प्राप्त गर्दै स्मृति सेन्चुरी चौथोमा र १२ हजार २८५ मत प्राप्त गर्दै अविता नेपाली पाँचौँमा निर्वाचित भएका हुनु भएको छ ।

 यस्तै सिता विश्वकर्मा ११ हजार २१५ मत प्राप्त गर्दै छैटौँमा, ११ हजार १५५ मत प्राप्त गर्दै डा. रुपक विश्वकर्मा सातौँमा, ९ हजार ८३५ मत प्राप्त गर्दै खिमा बिक आठौँमा र ९ हजार ७१९ मत प्राप्त गर्दै चन्द्रकला बिक नवौँमा निर्वाचित हुनु भएको छ । त्यसैगरी आदिवासी जनजातितर्फ १६ हजार १२ मत प्राप्त गर्दै उत्तम बहादुर गुरुङ पहिलो नम्बरमा, १४ हजार २०१ मत प्राप्त गर्दै गायिका सत्यकला राई दोस्रो नम्बरमा, १३ हजार ७३ मत प्राप्त गर्दै टासी लाजोम तेस्रो नम्बरमा र १३ हजार ५९ मत प्राप्त गर्दै मिलन लिम्बु चौथो नम्बरमा निर्वाचित हुनु भएको छ ।

 त्यसैगरी थारुतर्फ १७ हजार ४२५ मत प्राप्त गर्दै प्रेमलाल चौधरी पहिलो नम्बरमा र १३ हजार ६१३ मत प्राप्त गर्दै चुमन चौधरी दोस्रोमा निर्वाचित भएका छन् भने तेस्रोमा १३ हजार ५३५ मत प्राप्त गर्दै पुष्पाकुमारी चौधरी तेस्रो नम्बरमा निर्वाचित हुनु भएको छ् । मधेशीतर्फ १५ हजार ७४५ मत प्राप्त गर्दै पुनमकुमारी अग्रवाल पहिलो नम्बरमा, डा. अंकिता ठाकुर १२ हजार ३२२ मत प्राप्त गर्दै दोस्रोमा, ११ हजार ६३० मत प्राप्त गर्दै ममता शर्मा तेस्रोमा निर्वाचित हुनुभएको छ ।

मुस्लिमतर्फ १५ हजार ९६७ मत प्राप्त गर्दै समिना मिया पहिलो नम्बरमा, १५ हजार १५७ मत प्राप्त गर्दै अख्तर हुसैन दोस्रो नम्बरमा र १४ हजार ४६३ मत प्राप्त गर्दै मोहम्मद हसरत अली तेस्रो नम्बरमा निर्वाचित हुनुभएको छ ।



No ad available.


No ad available.