24th February 2026, Tuesday

रास्वपाको बृहत् राजनीतिक समायोजन घोषणासभा,थारु अभियन्ता ९ बुँदे सहमतिसहित समाहित

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व साथै थरुहट/थारुवान अभियन्ताहरूबीच ९ बुँदे सहमति भएको छ ।

सो सहमतिपछि थारु अभियन्ताहरू रास्वपामा समाहित भएका छन् । आज सोमबार काठमाडौमा आयोजित रास्वपाको राजनीतिक समायोजन घोषणासभामा उनहिरुबीच नौ बुँदे सहमतिसहित राजनीतिक समायोजन भएको हो ।

सहमतिपत्रमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, नागरिक उन्मुक्ति पार्टीका पूर्ववरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, थरुहट/थारुवान अभियानका तर्फबाट लक्ष्मण थारु तथा प्रतिनिधिका रूपमा सुरेन्द्र चौधरीले हस्ताक्षर गर्नुभयो ।

सहमतिपत्रमा थारु समुदायको धार्मिक तथा सांस्कृतिक प्रणालीको संरक्षण र प्रवद्र्धनका लागि थारु बहुल क्षेत्रलाई थारु संरक्षित ‘विशेष क्षेत्र’ घोषणा गर्न कानुनी एवं संवैधानिक प्रक्रिया प्रारम्भ गर्ने उल्लेख छ । ‘टीकापुर घटना’लाई राजनीतिक घटनाका रूपमा स्वीकार गर्दै रास्वपाको नेतृत्वमा सङ्घीय सरकार गठन भएपछि शान्ति सुरक्षासँग सम्बन्धित सबै उच्चस्तरीय आयोगका सिफारिसहरूको उचित कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ ।

 निजामती सेवा, न्यायिक क्षेत्र, प्रहरीलगायत सबै सरकारी सेवामा आरक्षित वर्गका लागि तोकिएको अनुपातअनुसार थारु समुदायको आरक्षण पूर्ण रूपमा लागू गर्ने पनि सहमति भएको छ । भूगोल, जनसङ्ख्या, क्षमता र सांस्कृतिक पहिचानका आधारमा प्रादेशिक सुशासनका विविध आयाममा सर्वदलीय राजनीतिक सहमति जुटाउन पहल गर्ने सहमतिमा भनिएको छ ।

यसैगरी सहमतिपत्रमा सामाजिक न्याय सहितको प्रतिस्पर्धात्मक उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी शक्तिहरू मिलेर नयाँ राजनीतिक शक्तिलाई स्थापित गर्न अपरिहार्य रहेको उल्लेख छ ।ब्



No ad available.


No ad available.