News by: helpline
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकता भएको छ ।
दुबै दलबीच पार्टी एकता गर्ने सहमतिसँगै सात बुँदे सहमति भएको छ । सोमबार काठमाडौंमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच भएको छलफलपछि सात बुँदे सहमति भएको हो ।सहमति अनुसार, कुलमानलाई रास्वपाको दोस्रो बरियताको उपसभापति बनाइने भएको छ ।
यसअघि नै रास्वपामा गइसक्नु भएका काठमाडौंका मेयर बालेन्द्र शाहलाई साक्षी राखेर कुलमानलाई सभापति रवि लामिछानेपछि दोस्रो वरीयता दिइएको हो । मेयर बालेन्द्रले कुलमानसँगको सहमतिपछि फेसबकमा लेख्नु भएको छ, ’ म नेपाल हाँसेको हेर्न चाहन्छु ।’ बालेनको केही समयअघि ’म हाँसेको हेर्न चाहन्छु’ नामक गीत युट्युबबाट रिलिज भएको थियो ।
सहमतिको बुँदा नम्बर ४ मा भनिएको छ, ’राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापति कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने ।’
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,