24th February 2026, Tuesday

रास्वपा लगायतले लुटपाट र आगजनी गर्न मात्रै जानेका एमाले अध्यक्ष ओलीको आरोप

Post Image
3 हप्ता अगाडी

News by: helpline

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै बतासे अण्डाबाट चल्ला ननिस्किने टिप्पणी गर्नुभएको छ ।

नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । ओलीले अहिले लडाईं देश जलाउने की देश बनाउनेहरुको बीचमा रहेको बताउनुभयो ।

 ’अण्डा दुई प्रकारका हुन्छन्, एउटा बतासे र अर्को साँच्चिकैको । बतासे अण्डाबाट चल्ला निक्लिँदैन । यी बतासे अण्डाबाट पनि चल्ला निस्किने छैन । यी बतासका खेती गरिरहेका छन्, यिनीहरुका उद्देश्य छैन, विचार छैन । भोलि उठी कहाँ जाने केही थाहा छैन । फर्की आउने हो कि होइन त्यो पनि थाहा छैन,’ ओलीले भन्नुभयो । ओलीले साह झापा ५ मा आफूसँग ठुटे सिंङ लिएर सिंगौरी खेल्न पुगेको टिप्पणी गर्नुभयो । उहाँले नेकपा एमाले देश बनाउने शक्ति भएको बताउँदै देश जलाउने शक्तिहरु कहिल्यै सफल नहुने बताउनु भयो ।

अध्यक्ष ओलीले उनीहरुले देश जलाएको पनि स्वीकार गरिसकेको बताउनु भयो । अराजकता मच्चाउँदै जानेकि विधिको शासन, कानूनको राज बनाउँदै जाने भन्ने हिसाव आगामी निर्वाचनले गर्ने पनि ओलीको भनाई छ ।

अध्यक्ष ओलीले रास्वपा लगायतका शक्तिहरुले लुटपाट गर्न, आगजनी गर्न मात्रै जानेको बताउनु भयो ।



No ad available.


No ad available.