24th February 2026, Tuesday

रसुवाबाट एमालेका पूर्व अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य जनार्दन ढकालसहित झण्डै सय नेता–कार्यकर्ता कांग्रेस प्रवेश

Post Image
4 दिन अगाडी

News by: helpline

काठमाडौंं । रसुवा जिल्लाबाट नेकपा (एमाले)का पूर्व जिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य जनार्दन ढकालसहित झण्डै सय नेता–कार्यकर्ता आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

 नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले उनीहरूलाई पार्टी सदस्यता प्रदान गर्दै औपचारिक रूपमा स्वागत गर्नुभएको थियो । प्रवेश गर्ने नेता–कार्यकर्ता जिल्ला, पालिका र वडा तहका पदाधिकारी, सचिवालय सदस्य, भ्रातृ संगठनका युवा प्रतिनिधि तथा खेलकुद र सामाजिक संस्थाका पूर्व सदस्यहरूबाट बनेको समूह रहेको छ।

रसुवाबाट कांग्रेसमा प्रवेश गर्ने यस समूहमा नेकपा एमालेका स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, सचिव र कमिटी सदस्यहरू, युवा संघ र अनेरास्ववियुका जिल्ला तथा पालिकास्तरीय पदाधिकारीहरू, साथै खेलकुद महासंघका जिल्ला र केन्द्रीय पूर्व सदस्यहरू पनि रहेका छन्। उनीहरू मध्ये धेरैले लामो समय एमालेमा सक्रिय भएर नेतृत्व र प्रशासनको अनुभव हासिल गरेका थिए।

कांग्रेसका नेताहरूले रसुवाबाट भएको यो सामूहिक प्रवेशलाई संगठन सुदृढीकरण र स्थानीय तहसम्म पार्टीको पहुँच विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा मूल्यांकन गरेका छन्। रसुवामा भएको यो सामूहिक प्रवेशसँगै नेपाली कांग्रेसले अन्य जिल्लामा पनि संगठन सुदृढीकरण अभियान तीव्र पार्ने संकेत दिएको छ।

विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको प्रवेशले पार्टीभित्र अनुभव र नेतृत्व सन्तुलन कायम राख्ने दिशामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।



No ad available.


No ad available.