24th December 2025, Wednesday

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति

Post Image
1 घण्टा अगाडी

News by: helpline

काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ।

दुई पार्टी बीच बुधबार साँझ एकता सम्बन्धि सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति पत्रमा राप्रपा अध्यक्ष लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गर्नुभएको छ।

दुई पार्टीको एकता घोषणा सभा भने पौष १६ गते राष्ट्रिय सभागृहमा हुने राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।राप्रपाको अध्यक्षमा लिङ्देनले जितेपछि थापाले पार्टी छोड्नु भएको थियो ।

थापा २०७९ को निर्वाचनमा एमालेको चुनाव चिह्नमा मकवानपुरबाट उम्मेदवार बनेर राप्रपाका दीपकबहादुर सिंहसँग पराजित हुनुभएको थियो ।

आगामी फागुन २१ गतेका लागि  तय भएको प्रतिनिधिसभा निर्वाचनको मुखैमा राप्रपा नेपालका अध्यक्ष कमल थापा फेरी राप्रपामा फर्किनु भएको हो । 



No ad available.


No ad available.