News by: helpline
काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ।
दुई पार्टी बीच बुधबार साँझ एकता सम्बन्धि सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति पत्रमा राप्रपा अध्यक्ष लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गर्नुभएको छ।
दुई पार्टीको एकता घोषणा सभा भने पौष १६ गते राष्ट्रिय सभागृहमा हुने राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।राप्रपाको अध्यक्षमा लिङ्देनले जितेपछि थापाले पार्टी छोड्नु भएको थियो ।
थापा २०७९ को निर्वाचनमा एमालेको चुनाव चिह्नमा मकवानपुरबाट उम्मेदवार बनेर राप्रपाका दीपकबहादुर सिंहसँग पराजित हुनुभएको थियो ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको मुखैमा राप्रपा नेपालका अध्यक्ष कमल थापा फेरी राप्रपामा फर्किनु भएको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,