24th February 2026, Tuesday

रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ६ मसानटारमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । मंगलबार काठमाडौंबाट ओखलढुंगातर्फ गइरहेको ९९७५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । बस सडकबाट अनियन्त्रित भई तामाकेसी नदिमा खसेको थियो। दुर्घटनामा परी ८ जना यात्रु घाइते भएका रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताउनु भयो।

घाइतेहरूको उद्धार गरी मन्थली र सिन्धुलीको खुर्काेटको अस्पतालमा उपचार भइरहेको छ । स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले तत्काल उद्धार कार्य सुरू गरेको रामेछापका प्रहरी नायव उपरिक्षक भोला भट्टले बताउनु भयो। दुर्घटनाको कारण खुल्न नसकेको भए पनि तीव्र गति, सडकको अवस्था वा प्राविधिक गडबडी हुनसक्ने अनुमान गरिएको छ।

दुर्घटनाको विस्तृत विवरण संकलन भइरहेको छ र मृतक तथा घाइतेको पहिचान गर्ने कार्य जारी रहेको रामेछाप प्रहरीले जनाएको छ । केहि यात्रुहरू अझै पानीमा बेपत्ता भएको अनुमानका अधारमा तामाकोसी नदिमा खेजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

मृतकमध्ये ९ जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ ।



No ad available.


No ad available.