News by: helpline
काठमाडौं । अविरल वर्षाको कारण रोल्पा जिल्लाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा साउन २७ गते बुधबार गएको वपहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
यसैगरी उक्त पहिरोमा परी बेपत्ता रहेका पाँच जनाको खोजीकार्य जारी रहेको छ । सो पहिरोमा परी बेपत्ता भएकाहरुको खोजीकार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली खटिएको रोल्पाका डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
लगातार वर्षाको कारण लेदोसहितको पहिरो आईरहेको हुँदा उद्धार कार्यमा कठिनाई परेको डिएसपी थापाले बताउनुभयो । डिएसपी थापाका अनुसार पहिरोमा परी मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने १८ वर्षीया शान्ति पुन मगर, अन्दाजी ६५ वर्षीय कमल बहादुर पुन मगर, ४० वर्षीया जुन कुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दल बहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर छन् ।
मृत्यु हुनेहरुमध्ये एक महिला र दुई जना पुरुषको शव प्यूठान जिल्लाको स्वर्गद्धारी नगरपालिका तथा माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारामा फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल गुल्म प्यूठानबाट समेत विपद् व्यवस्थापनसहितको टोली बेपत्ता भएकाहरुको खोजीकार्यको लागि परिचालन भएको छ ।
त्यस्तै बेपत्ता भएकाहरुमा सोही ठाउँ बस्ने ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बल बहादुर पुन मगर, ७२ वर्षीय लिल बहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर छन् । पहिरोमा परी सोही ठाउँ बस्ने मृतक कमल बहादुर पुनमगरको घरसहित अन्य घर र गोठ पुरिदा पशु चौपाया समेत बेपत्ता भएको डिएसपी थापाले जानकारी दिनुभयो । बुधबार राति कमलबहादुरको घरसहित आसपासका घर तथा गोठमा पहिरो खसेको प्रहरीले जनाएको छ ।
घरभन्दा माथिको पहाडको चुरोबाट खसेको पहिरोलेले बाटोसहित ६–७ वटा घर तथा संरचना बगाएर उवा खोलातर्फ पु¥याएको बताइएको छ । घटनास्थलमा तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,