News by: helpline
काठमाडौं । नेपाली कांग्रेसका पूर्व कार्यवहाक सभापति पुर्णबहादुर खड्काले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई जिताउन आह्वान गर्नुभएको छ ।
खड्काले आइतबार सामाजिक सञ्जालमार्फत फागुुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह्र रुखमा भोट हालेर कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन अनुरोध गर्नुभएको हो ।
“आगामी बिहिबार बिहान ७ बजेदेखि सुरु हुने मतदान केन्द्रमा गई प्रतिनिधि सभाको प्रत्यक्ष र समानुुपातिक तर्फका दुवै मतपत्रमा नेपाली कांग्रेसको चुुनाव चिन्ह्र रुखमा स्वस्तिक छाप लगाई भारी बहुमतका साथ विजय गराउन आग्रह गर्दछु,“ खड्काले लेख्नु भएको छ । उहाँले निर्वाचन शान्तिपुर्ण र निष्पक्ष गराउन पनि माग गर्नुभएको छ ।
‘‘यो निर्वाचनमा म उम्मेदार किन छैन, त्यसको कारण माघ ६ गतेको दिन सामाजिक सञ्जालमार्फत सवैलाई प्रष्ट पारिसकेको छु ’’खड्काले फेसबुक मार्फत भन्नु भएको छ । अड्काले आफू उम्मेदवार नभएपनि कांग्रेसका सबै उम्मेदवारहरूलाई जिताउन सबै नेता कार्यकर्ता पूर्णरुपमा सक्रिय हुन पनि आह्वान गर्नुभएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,