23rd August 2026, Sunday

राजनीतिक परिस्थितिअनुसार पार्टीको नीति, विचार र कार्यशैली परिवर्तन गर्नुपर्नेमा एमाले उपाध्यक्ष गुरुङको जोड

Post Image
1 घण्टा अगाडी

News by: helpline

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष तथा पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीको नीति, विचार, कार्यशैली र संगठनको पुनर्गठन गर्नुपर्ने बेला आएको बताउनुभएको छ।

नेकपा (एमाले) जिल्ला कमिटी लमजुङद्वारा आइतबार आयोजित १३ औँ बैठकलाई सम्बोधन गर्दै गुरुङले पार्टीलाई थप सुदृढ र प्रभावकारी बनाउन नीति, विचार, कार्यशैली तथा संगठनमा पुनर्गठन आवश्यक रहेको बताउनुभएको हो । गुरुङले पार्टी संगठनलाई जनतासँग जोड्दै कार्यकर्तालाई थप सक्रिय र जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो। यसैगरी एमाले केन्द्रीय कमिटी सचिव खगराज अधिकारीले जनताले चाहेअनुसारको पार्टी निर्माण गर्नुपर्ने उल्लेख गर्नुभयो ।

पार्टीभित्र भएका गल्ती–कमजोरीलाई स्वीकार गर्दै त्यसबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नभएको उहाँले बताउनुभयो। विगतका कमजोरीको समीक्षा गर्दै पार्टीलाई जनमुखी, सुदृढ र प्रभावकारी बनाउन सबै तहका नेता–कार्यकर्ता जिम्मेवार भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।



No ad available.


No ad available.