24th December 2025, Wednesday

राजनीति समाज परिवर्तन र विकासका लागि केन्द्रीत हुनुपर्ने मन्त्री घिसिङको भनाई

Post Image
3 दिन अगाडी

News by: helpline

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवं उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरु राजनीति गर्न नआएको बताउनुभएको छ ।

आज शनिबार चितवनमा उज्यालो नेपाल पार्टीको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै घिसिङले यस्तो बताउनुभएको हो । 

उहाँले व्यक्ति र निहित स्वार्थका लागि राजनीति गर्दा समस्या हुने गरेको उल्लेख गर्दै अब समाज परिवर्तन र विकासका लागि केन्द्रीत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले नेपालमा जुन किसिमको राजनीति छ त्यो राजनीति गर्न आफू राजनीतिक दल खोलेर नआएको बरु बाटोमात्रै समातेको जिकिर गर्नुभयो।

देश परिवर्तन भएन, देशमा सुशासन भएन र देश समृद्ध भएन भने देश कहिल्यै पनि अघि बढ्न नसक्ने उहाँको भनाई छ ।



No ad available.


No ad available.