News by: helpline
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवं उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरु राजनीति गर्न नआएको बताउनुभएको छ ।
आज शनिबार चितवनमा उज्यालो नेपाल पार्टीको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै घिसिङले यस्तो बताउनुभएको हो ।
उहाँले व्यक्ति र निहित स्वार्थका लागि राजनीति गर्दा समस्या हुने गरेको उल्लेख गर्दै अब समाज परिवर्तन र विकासका लागि केन्द्रीत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले नेपालमा जुन किसिमको राजनीति छ त्यो राजनीति गर्न आफू राजनीतिक दल खोलेर नआएको बरु बाटोमात्रै समातेको जिकिर गर्नुभयो।
देश परिवर्तन भएन, देशमा सुशासन भएन र देश समृद्ध भएन भने देश कहिल्यै पनि अघि बढ्न नसक्ने उहाँको भनाई छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक