16th June 2026, Tuesday

राहदानी विभागका महानिर्देशक अर्याललाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

Post Image
2 घण्टा अगाडी

News by: helpline

काठमाडौं । विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई ४ दिन थुनामा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ ।

 विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई थुनामा राख्न अनुमति दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० दिन थुनामा राख्न अनुमति मागेकोमा अदालतले सोमबारबाट लागु हुने गरी ४ दिन दिएको हो ।

अर्याल र केसीलाई राहदानी छपाइमा भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । महानिर्देशक अर्याललाईआज मंगलबार पक्राउ गरिएको थियो भने निर्देशक केसीलाई सोमबार साँझ पक्राउ गरिएको थियो ।



No ad available.


No ad available.