24th February 2026, Tuesday

रुग्ण सड़क आयोजनाको ठेक्का रद्द

Post Image
3 महिना अगाडी

News by: helpline

सरकारले २५रूग्ण सड़क आयोजनाको ठेक्का अन्त्य गरेको छ। सड़क डिभिजन कार्यलय काठमाण्डौले आज सार्बजनिक सूचना प्रकाशित ग़री रूग्ण सड़क आयोजनाको ठेक्का रद्द गरेको हो।  ठेक्का लिने र काम नगरेर अलपत्र पार्ने आयोजनाको ठेक्का रद्द किन  नगर्ने भनेर लिखित मौखित जानकारी पटक पटक गर्दा पनि निर्माण ब्यबसायीहरुले चित्त बुझ्ने जबाफ नदिए पछि सार्बजनिक खरिद कानूनको ब्यबस्था अनुसार रद्द गरिएको सड़क डिभिजन कार्यालय काठमाण्डौका प्रमुख ई सुबोध कुमार देवकोटाले जानकारी दिनु भयो।  कार्यालय प्रमुख, ई देवकोटाले ठेक्का रद्द भएका ब्यबसायीहरुलाई १५दिन भित्र कार्यालयमा सम्पर्क ग़री हिसाब फरफ़ारक गर्न निर्देशन दिएको पनि बताउनु भयो।

ठेक्का रद्द गरिएका आयोजनाको बाँकी कामको लागि आबश्यक प्रक्रिया पूरा ग़री ३ महिनामा नयाँ ठेक्का सम्झौता ग़री काम अघि बढाउने जानकारी सड़क डिभिजन कार्यालयले दिएको छ।

सम्झौता रद्द भएका आयोजनाको काम बाकी भए सम्बंधित ब्यबसायीसंग  धरौती जमानतबाट असुल ऊपर गर्ने सरकारी बाकी सरह कानूनी प्रक्रिया अघि बढाउने पनि कार्यालय  प्रमुख, ई सुबोध कुमार देवकोटाले जानकारी दिनुभयो।।



No ad available.


No ad available.