24th February 2026, Tuesday

रबि लामिछानेप्रति ओलीको प्रश्न,जनताको हिनामिना भएको पैसा महान्याधिवक्ता कार्यालयले तिर्छ ?

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिएर महान्यायाधिवक्ता कार्यालय इतिहासका लागि कलंकित बनेको टिप्पणी गर्नुभएको  छ ।

 काठमाडौंमा बिहीबार आयोजित ४२ औँ पिस्कर शहीद स्मृति दिवसको कार्यक्रममा अध्यक्ष ओलीले अहिले विश्वभरजस्तै शासन नेपालमा पनि चलिरहेको भन्दै थिति र विधिको शासन देशमा नभएको बाउनुभयो ।रविको मुद्दा फिर्ता लिएर ठगिएको पैसा महान्यायाधिवक्ताको कार्यालयले तिर्छ ? भन्दै उहाँले प्रश्न गर्नुभयो  ।

अध्यक्ष ओलीले जेन–जी विद्रोहका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुरमाथि भौतिक आक्रमण हुँदा पार्टीकै नेताहरु समर्थनमा उत्रिएको आरोप पनि लगाउनु भयो । ’नेपाली सरकार, नेपाली संस्कृति, नेपाली अर्थतन्त्र र नेपाली सभ्यताका कुरा गर्छ भने घरबाट निस्किन नदिने, त्यसलाई मार्ने, कुट्ने, काट्ने काम गरिन्छ,’ उहाँले भन्नुभयो ’८२ वर्षका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि भौतिक आक्रामण भयो ।

यति असभ्य पनि हुन्छ समाज ?उहाँका पार्टीकाले सहानुभूतिसम्म व्यक्त गरेनन्, कहाँ पुग्यो नेपाल ?’ भन्दै प्रश्न समेत गर्नुभयो । ओलीले अहिलेको नेपाली कांग्रेसको जस्तै गरी एमालेलाई पनि फुटाउन खोजिएको तर सफल नभएको बताउनु भयो । पार्टीको महाधिवेशनले नेतृत्व चयन गरेर एमाले अहिले एकजुट भएको ओलीको दाबी छ ।

अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा आफू सुत्न समेत नभ्याएको र सरकारका काम कारबाहीमा सधैँ तल्लीन रहेको उल्लेख गर्नुभयो ।



No ad available.


No ad available.