24th February 2026, Tuesday

रबि लामिछानेले सरकारको निर्णय टेरेनन,गृह मन्त्रालयको निर्णयको उडाए धज्जी

Post Image
2 घण्टा अगाडी

News by: helpline

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले सरकारको निर्णयमाथि अटेरीपन देखाउनु भएको छ ।

सरकारले सुरक्षाका दृष्टिकोणले ‘रुफ टप’ गाडीको प्रयोग नगर्न भनेपनि पूर्व गुहमन्त्री समेत रहनु भएका लामिछानेले त्यसको बेवास्ता गर्नु भएको हो । गृह मन्त्रालयमा गत बिहीबार बसेको केन्द्रीय सुरक्षा समिति बैठकले उम्मेदवारहरूलाई ‘रुफ टप’ गाडी प्रयोग गर्न रोक लगाउने निर्णय गरेको थियो। तर पुर्व गृहमन्त्री लामिछानेले अटेर गरेर निर्वाचनका कार्यक्रममा जाँदा रुफ टप गाडी प्रयोग गर्दै हात हल्लाउँदै हिड्नु भएको छ । गृह मन्त्रालयले उम्मेदवारको असुरक्षाका कारण सो निर्णय लिएको थियो। र ‘रुफ टप’ गाडी निर्वाचन प्रचारप्रसारमा प्रयोग नगर्न नगराउन भनेको थियो।

लामिछानेले मंगलबार झापाको दमकमा सानका साथ ‘रुफ टप’ गाडीको प्रयोग गर्नुभयो, छतमा चढ्नु भयो र हात हल्लाउनु भयो । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार ‘रुफ टप भेहिकल’ प्रयोग गर्दा उम्मेदवारको सुरक्षामा जोखिम हुनसक्ने निष्कर्ष निकालिएको थियो। ’गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवारकै सुरक्षालाई ध्यानमा राखेर ‘रुफ टप’ गाडी प्रयोग नगर्न भनेको हो, सरकारको निर्णय पालना भए नभएको अनुगमन हुन्छ । गृह प्रवक्ता काफ्लेले भन्नुभयो । उम्मेदवारले निर्वाचनको प्रचारप्रसारमा धमाधम ‘रुफ टप’ गाडीको प्रयोग गर्न थालेपछि गृह मन्त्रालयले सुरक्षा खतरा औंल्याएको थियो।

लामिछानेकै दल रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले पनि यसअघि ‘रुफ टप’ गाडीको प्रयोग गर्दै आउनु भएको थियो । यस्तै देशका अन्य स्थानमा पनि रास्वपाका उम्मेदवारहरुले नै ‘रुफ टप’ गाडीलाई धेरैजसो निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्दै आइरहेका थिए। तर सरकारको निर्णयपछि भने ‘रुफ टप’ गाडीको प्रयोग घट्दै गएको पाइएको छ।



No ad available.


No ad available.