24th December 2025, Wednesday

रबि लामिछाने थुनामुक्त, भने –‘मैले अझै लड्न बाँकी छ’

Post Image
4 दिन अगाडी

News by: helpline

काठमाडौं । सरकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज शुक्रबार थुनामुक्त हुनुभएको छ ।

तुलसीपुर उच्च अदालतको आदेशबमोजिम शुक्रबार साँझ जिल्ला अदालत रूपन्देहीबाट कागजी प्रक्रिया पूरा गरेर थुनामुक्त भएपछि सम्बोधन गर्दै लामिछानेले समर्थकसमक्ष हिसाब मिलाउन र न्याय पाउन अझै बाँकी रहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले न्यायको लडाइँ बाँकी नै रहेको उल्लेख गर्नुभयो । लाछिानेले भन्नुभयो –‘मैले अझै लड्न बाँकी छ, मेरा लागि लड्ने कुरा गरेको होइन,’ ‘तपाईं र यो देशको न्यायका लागि लड्न बाँकी छ भनेको हुँ ।’

यसअघिका सरकार र नेताले देशमाथि गरेको अन्यायका अगाडि आफूमाथि भएको अन्याय केही पनि नभएको उल्लेख गर्नुभयो । ‘यिनीहरुको हिसाब गर्नु छ,’ लामिछानेले भन्नुभयो, ‘त्यो हिसाब गरेपछि लामो बोलौंला ।’ मुलुकले चाँडै न्याय पाउने आशा गरेको पनि लामिटानेको भनाई छ ।



No ad available.


No ad available.